पोखराको पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघसंस्थाका संरचनाहरू हटाइएको छ। पोखरा महानगरपालिकाले आज उक्त क्षेत्रमा रहेका भवनहरूमा डोजर चलाएर जग्गा खाली गराएको हो।
महानगरपालिकाका अनुसार सरकारी जग्गा संरक्षण र अतिक्रमण हटाउने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गत पृथ्वीचोक क्षेत्रमा रहेका प्रमुख राजनीतिक दल तथा सामाजिक संघसंस्थाका कुल ९ वटा भवन हटाइएको हो।
पोखरा महानगरले आइतबारदेखि सुरु गरेको ‘खोलाघर क्लियर’ अभियान निरन्तर रूपमा अघि बढाइरहेको छ। यस अभियानमार्फत सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने, संरचना व्यवस्थापन गर्ने र शहरी क्षेत्रमा व्यवस्थित विकास सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।
महानगरले आगामी दिनमा पनि अतिक्रमित सार्वजनिक सम्पत्तिहरू पहिचान गरी कानुनअनुसार आवश्यक कारबाही र हटाउने प्रक्रिया जारी राख्ने जनाएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्