काठमाडौं,। विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमा बन्दी पुनर्विचार गर्न आग्रह गरेका छन् ।
कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन, पारदर्शिता र विश्वासलाई पनि कमजोर पार्न सक्ने बताउछन् । उनले ‘विश्वास र पारदर्शिता नै जीवन बचाउने आधार हुन्’ भन्दै प्रतिबन्धहरू पुनः मूल्याङ्कन गर्नुपर्नेमा जोड दिएका छन् ।
विश्व स्वास्थ्य संगठन प्रमुखका अनुसार यद्यपि इबोलाका लागि पूर्ण रूपमा मान्यता प्राप्त खोप वा विशेष औषधि सीमित भए पनि समयमै गुणस्तरीय उपचार उपलब्ध भए धेरै बिरामीहरू निको हुन सक्ने सम्भावना हुन्छ ।उनको भनाइअनुसार उनको बुनिया भ्रमणको उद्देश्य प्रभावित समुदायसँग प्रत्यक्ष संवाद गर्नु पनि हो, जहाँ हालसम्म एक हजारभन्दा बढी शङ्कास्पद केसहरू रिपोर्ट गरिएका छन् ।यसैबीच युगान्डामा पनि नयाँ सङ्क्रमणका कारण थप केसहरू पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी कम्पालामा दुई नयाँ संक्रमण फेला परेपछि कुल नौ पुष्टि भएका केसहरू रहेका छन् ।
कङ्गोका स्वास्थ्यमन्त्री रोजर काम्बाका अनुसार देशले आगामी चारदेखि छ महिनाभित्र प्रकोप नियन्त्रण गर्ने लक्ष्य राखेको छ । उहाँका अनुसार मुख्य प्राथमिकता इटुरी, उत्तर किभु र दक्षिण किभु गरी तीन प्रभावित प्रान्तमै संक्रमण सीमित गर्नु हो । उनले परीक्षण क्षमतामा सुधार भएको उल्लेख गर्दै अहिले प्रयोगशालामा कुनै परीक्षणको ढिलाइ नरहेको बताउनुभयो । हाल करिब नौ सय नमूना परीक्षण गरिएकोमा करिब दुई सय साठी सकारात्मक देखिएको र दैनिक दुई सय देखि तीन सय नमूना परीक्षण गर्न सक्ने क्षमता रहेको जानकारी पनि दिएका थिए । रासस


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्