
काभ्रेको रोशीमा यात्रुवाहक बस खोलाको बीचमा अड्कियो, यात्रु सुरक्षित
काभ्रेपलान्चोकको रोशी गाउँपालिका–७ स्थित खरिबोटमा यात्रुवाहक बस खोलाको बीचमा अड्किएको छ। बसमा सवार यात्रुहरू सुरक्षित रहेको र बसलाई उद्धार गर्न सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
















