
बढ्दो नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न एकीकृत स्वास्थ्य पहल आवश्यक: विज्ञ
नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै विज्ञहरूले विपद् जोखिम व्यवस्थापनसँग स्वास्थ्य सेवाको प्रभावकारी एकीकरण आवश्यक रहेको बताएका छन्। नेपाल रेडक्रस सोसाइटीद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य सेवा निरन्तरता, औषधि आपूर्ति र बहुपक्षीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइयो।













