
राष्ट्रपति पौडेलद्वारा नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। उनले बाढी प्रभावित नागरिकसँग भेट गरी उनीहरूको गुनासा तथा समस्या सुनेका छन्।





