
बाढीपहिरो पीडितका लागि साउदीबाट १७ लाखभन्दा बढी सहयोग, सरकारी कोषमा जम्मा
विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि साउदी अरबमा रहेका नेपाली संस्थाले १७ लाखभन्दा बढी रुपैयाँ सहयोग गरेका छन्। दुवै संस्थाले रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।













