
शतकीय पारीको फाइदा: कोहली एकदिवसीय वरीयतामा दोस्रो स्थानमा
भारतीय ब्याटर विराट कोहली आइसीसी एकदिवसीय ब्याटिङ वरीयतामा ७९६ अंकसहित दोस्रो स्थानमा उक्लिएका छन्। वेस्टइन्डिजविरुद्ध ८८ बलमा अविजित १३९ रन बनाउँदै उनले करियरको ५५औँ शतक र १५ हजार एकदिवसीय रन पूरा गरेका थिए। शीर्ष स्थानमा रहेका कप्तान शुभमन गिलभन्दा उनी २० अंकले मात्र पछाडि छन्।

















