
एमालेकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गर्दै रास्वपा प्रवेश
नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गरेकी छन्। उनले फेसबुकमार्फत राजीनामा सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको जानकारी दिएकी छन्।


