
नेपालमा मातृ तथा शिशु स्वास्थ्यमा सुधार, मृत्युदर घट्दै
नेपालमा पछिल्ला वर्षहरूमा मातृ तथा शिशु स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मातृ मृत्युदर, नवजात शिशु मृत्युदर तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घट्दै गएको छ भने स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको संख्या उल्लेख्य रूपमा बढेको छ।










