
देशभर बकर इदको उल्लास : मस्जिदमा विशेष नमाज, कुर्बानी र शुभकामना आदानप्रदान
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ । मस्जिद तथा इदगाहमा विशेष नमाज अदा गर्दै मुस्लिम समुदायले कुर्बानी, शुभकामना आदानप्रदान र धार्मिक अनुष्ठानमार्फत पर्व मनाएका छन् ।



